वि.सं:
नेपाल संवत: ११४५ वछलागा षष्ठी - २१
वि.स २०३५ सालमा स्थापित यस जिल्ला हुलाक कार्यालय, म्याग्दी अन्तर्गत हाल ५ स्थानीय हुलाक कार्यालय (एक स्थानिय तह एक हुलाक अन्तर्गत) र २९ अतिरिक्त हुलाक कार्यालयहरु निरन्तर सेवा प्रवाहमा रहेका छन्। यस कार्यालय गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लामा कालिगण्डकी नदी र म्याग्दी खोलाको संगमस्थल सुन्दरनगरी बेनिबजारमा अवस्थित छ ।यस कार्यालयले जिल्लाभरीको डाँक व्यवस्थापन र सञ्चालन तथा अन्य जिल्लाबाट प्राप्त डाँक वितरण लगायतका अन्य सेवा सञ्चालन गर्दै आइरहेको छ ।
कार्यालयको काम, कर्तव्य र अधिकार
चिठिपत्रहरुको दर्ता, चलानी, वितरणका साथै हुलाक टिकट विक्रि,
आन्तरिक इएमएस सेवा, पुलिन्दा दर्ता तथा वितरण
एफएम इजाजतपत्र नविकरण तथा रोयल्टी संकलन, पत्रकार परिचयपत्र वितरण, सहुलियत दरमा हुलाक चलानका लागि पत्रिका दर्ता तथा नविकरण, अनलाइन पत्रिका नविकरण,
विज्ञापन बोर्डबाट जारी हुने लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको अनुगमन तथा सो रकम भुक्तानी गर्ने
मातहतका कार्यलयहरुको नियमित अनुगमन र सुपरिवेक्षण गर्ने ।
म्याग्दी जिल्लाको प्रमुख सूचना प्रदायक कार्यालयको रुपमा रहेको ।